उत्तम कुमार थापा - बझाङ जिल्ला सहित सुदूरपश्चिम प्रदेशका तीन विमानस्थलमा १७ असोजमा एकै दिन परीक्षण उडान भएको छ । अाज भएको परिक्षण उड्डयनमा बझाङ, बैतडी, र डोटीमा एकै दिन परीक्षण उड्डयन भएको प्रतिनिधिसभा सदस्य भैरव बहादुर सिहले बताए ।
अाजनै सुदुपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा कालाेपत्रेकाे काम सम्पन्न भएर हस्तान्तरण भएपछि पहिलो पटक परीक्षण उड्डयन भएको हाे । परिक्षण उडानका क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराई, बझाङका प्रतिनिधिसभा सदस्य भैरबहादुर सिंह, आशा बिक, संविधानसभा सदस्य अफिलाल ओखेडा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महर लगायत बझाङमा पुग्नुभएकाे थियाे ।
लामाे समय पछि जिल्ला पहिलाे पटक परिक्षण क्रममा एराेप्लेन अाएपछि बझाङ बासिमा खुसियाली छाउनुकाे साथै जिल्लामा पर्यटकहरु भित्रीने सम्भावना बढेको छ । जिल्लामा खप्तड राष्ट्रिय निकुञ्ज ,साईपाल हिमाल ,वड्डिजियावन ,सुर्मासराेवर,पाथीभरा माता,लगाएतले पर्यटक भित्रीएपछि पुर्णता पाउने अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरले बताए ।

जिल्लामा हवाईजहाजलाई पुर्णता दिन सबै सुदुरबासिकाे र जिल्लामा रहेका जनसमुदायहरुकाे सहयाेग चाहिने मन्त्री भट्टराईकाे भनाइ थियाे । अाज परिक्षण क्रममा बझाङ विमानस्थल देवलमा पुगेका सबै अथितिहरुलाई जिल्लाबासिले दाेसल्ला खादा र फुलमालाले सम्मान गरेको अनेरास्ववियु बझाङका अध्यक्ष प्रविन धामीले जानकारी दिनुभएको हाे ।
लामो समय पछि बझाङमा पहिलाे पटक परिक्षण उडान भए पछि मन्त्री भट्टराईले अाफैले याे विमानस्थललाई निरन्तरता दिने, याहाका पर्यटकीय गन्तव्यहरुलाई पहिलाे प्राथमिकता दिने बताउदै अागामी दिनमा सबैले साथसहयाेग गर्न अनुराेध गर्नुभएको थियाे भने मन्त्री भट्टराईले सबैलाई धन्यवाद दिदै बझाङ बाट धनगढी बझाङ बाट नेपालगन्ज कता कता हुन्छ निरन्तर तालीका छिटोभन्दा छिटो सार्वजनिक गर्ने घाेषणा गरेका हुन ।