कृष्ण पौडेल, जापान ।
पछिल्लो समय नेपाली गीतसंगीतमा समाजमा नपच्ने खालका विकृति विसंगति भित्र्याउने र आफ्नो परिवारसँग सँगै बसेर सुन्न र हेर्न लाज लाग्ने खालका गीत सार्वजनिक भइरहेको सामाजिक सञ्जालमा सुन्दै र हेर्दै आइएका छौ।
तर नेपालमा यस्ता सर्जक गायक गायिकाहरू पनि छन् कि आफ्नो समाजमा घटेका घटनालाई टपक्क जस्ताको तस्तै गीतमा प्रस्तुत गरेर सारा नेपालीको मन छुने गरेका छन् विगत केही वर्षदेखि जापानलाई कर्मथलो बनाउनु भएका गुल्मीमा जन्मनुभएका विशाल क्षेत्रीले आफैले गरेको सिर्जनाले आफै दैनिक रुपमा गीत हेरेर रुने गरेको र भावुक हुने गरेको बताउनुहुन्छ उक्त गीत अहिले टिकटक लगायत सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।
ए आमा हो छोरीको जाने ठाउँ कहाँ छ र बोलको गीत यतिबेला बजार मात्रै नभएर सामाजिक सञ्जाल टिकटक तताइरहेको छ उक्त गीतमा विशाल क्षेत्री आफैंले लय शब्द सिर्जना गरेका हुन् भने चर्चित गायिका रिना केसीको स्वरमा रहेको गीतमा एम थापा मगरले एरेन्ज गरेका छन्।
यशु भट्टराईको निकै मिठो अभिनय रहेको गित दुर्गा पौडेलले निर्देशन गर्नुभएको छ भने नवीन थापा मगरले इडिटिङ गरेका छन्। गीत निकै चर्चामा आउने आशामा रहेको गीतका सर्जक विशाल क्षेत्री बताउनुहुन्छ गीत विशाल क्षेत्रीको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको छ।