नवलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नं. १ बाट कुमार बहादुर क्षेत्रीले महाधिवेशन प्रतिनिधि पदमा युवा खुल्लातर्फ उम्मेदवारी दिएका छन्।
क्षेत्रीको जन्म पर्वतको फलेवास नगरपालिकामा भएको हो। बाल्यकाल पर्वतमै बिताएका उनी पछि बागलुङको जैमिनी नगरपालिकामा बसाइँ सरेका थिए। त्यसपछि कावासोती आएर आफ्नो अध्ययन, सामाजिक गतिविधि तथा राजनीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन्।
क्षेत्रीले आफ्नो प्रारम्भिक शिक्षा ज्ञानोदय माध्यमिक विद्यालयबाट SLC तह पूरा गरेका हुन्। त्यसपछि Oxford College of Engineering & Management बाट +2 अध्ययन गरेका उनले Lumbini ICT Campus बाट BSc. CSITमा स्नातक तह पूरा गरेका छन्।
क्षेत्री नेपाल विद्यार्थी संघ कावासोतीका सभापतिका रूपमा राजनीतिक जिम्मेवारी निर्वाह गरिसकेका छन्। साथै, हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नवलपुरको IT विभाग संयोजकका रूपमा कार्य गरेको अनुभव पनि उनीसँग रहेको छ।
सामाजिक क्षेत्रमा उनी पर्वत नवलपुर समाजका सदस्य तथा Lumbini ICT Club का अध्यक्षका रूपमा समेत सक्रिय रहेका छन्।
सूचना प्रविधिको क्षेत्रमा शैक्षिक पृष्ठभूमि तथा निर्वाचनसम्बन्धी IT जिम्मेवारीको अनुभवसँगै क्षेत्रीले नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन्।
१५औँ महाधिवेशनको सन्दर्भमा नवलपुरमा पनि पार्टीका विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि चयनसम्बन्धी प्रक्रिया अघि बढिरहेको छ।
सक्रीय युवा कुमार बहादुर क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी