झापा । झापाको मेचीनगर नगरपालिका–१२ माइलाबारीस्थित एउटा होटलमा शुक्रबार बिहानका राति आगलागी भएको छ ।
दामोदर दाहालको दुई तले घरको पहिलो तला भाडामा लिएर मेचीनगर नगरपालिका–१३ का प्रदीप लिम्बूले ‘होटल लिटल सेफ फास्ट फुट क्याफे’ सञ्चालन गर्दै आएका थिए । उक्त होटलमा अचानक बिहान १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगोले जलेर फ्रिज, र्याक, विभिन्न ब्रान्डका मदिरा, नगद २५ हजार, इन्भटर, ब्याट्री जलेर ध्वस्त भएको थियो । होटलमा समेत आंशिक क्षति भएको छ । प्रहरीले घटनामा ८ लाख मूल्य बराबरको क्षति भएको जानकारी दिएको छ ।