नेसन्स लिग अन्तर्गत गएराती भएको खेलाम स्पेनले जर्मनीलाई बराबरीमा रोकेको छ। खेल अबधिभर दुबै टिमले एक एक गोल मात्रै गरेपछी खेल बराबरीमा सकिएको हो।खेलको ५१ मिनेटमा जर्मनीको लागि टिमो वेर्नेरले गोल गरेर पहिले अग्रता लिएको भएता पनि अन्तिममा अग्रता कायम गर्न नसक्दा जर्मनीले खेल आफ्नो पक्षमा पार्न असफल रहयो। खेलको ९० मिनेटको अबधि सकिएर थप गरिएको ५ मिनेटको अन्तिम समयमा रोड्रीगोको पासमा स्पेनका युवा खेलाडी गयाले हेडमार्फत गोल गरेपछी खेल नाटकीय रुपमा बराबरीमा सकियो।त्यसअघि पनि दुबै टिमले गोल गर्ने सुन्दर अवसर हरु प्राप्त गरेपनी गोल गर्न भने सकेनन।
स्पेन र जर्मनी बिचको फुटबल खेल १-१ को बराबरीमा रोकियो