कावासोती।मुक्तिनाथ विकाश बैंकको कावासोती शाखाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।कावासोती ३ मा रहेको सहिद स्मृति माविमा अध्यनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाइ कपि कलम झोला लगायतका शैक्षिक सामाग्री वितरण गरिएको विद्यालयका प्रअ बिमल थापाले जानकारी दिएका छ्न।बैकले सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद अधिकारी ,विद्यालयका प्रअ बिमल थापा,कावासोती शाखा प्रमुख सुवास सुवेदी ,दलदले ब्रान्च म्यानेजर नारायण तिवारी लगायतको उपस्थित रहेको थियो।विद्यालयका प्रधानाध्यापक थापाले मुक्तिनाथ विकास बैंक कावासोतीलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका थिए।कार्यक्रममा बोल्दै कावासोती शाखा प्रबन्धक सुबेदिले गरिव जेहेन्दार बालबालिकालाइ सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक कार्यक्रम हरु बैंकले गरिरहने जानकारी समेत दिए।
मुक्तिनाथ विकाश बैंकद्वारा शैक्षिक सामाग्री वितरण