रंजीत शर्मा/ नवलपरासी/ १९ साउन । मोबाइल किन्ने भनेर आएको मोबाइल चोरी गरी फरार भएको ३ घण्टा पछि पक्राऊ परेको छ।
पश्चिम नवलपरासीको पल्हिनन्दन गाउँपालिका वार्ड नं ३ बेलासपुर स्तिथ सहिमा मोबाइल केयर सेन्टरमा आज साँझ ६:२० बजे मोबाइल किन्न भनेर आएको युवा मोबाइल चोरी फरार भएको थियो। युवाले पसल साहुलाई बेवकुफ बनाउँदै रियल मी -३ प्रो (Real me-3pro) किन्छु भनेर हेर्न लागेको मोबाइल चोरी गरेर फरार भएको थियो।
चोरी गरी फरार भए पछी पसलमा लागेकाे सीसीटीवी क्यामेराको तस्बिरको सहयोगबाट प्रहरिले ३ घण्टाको प्रयास पछी चोरी युवालाई पक्राऊ गरीएको थियो।
घटनाको थप अनुसन्धान भइरहेको तथा चोरी गर्ने युवालाई प्रहरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।