२० बैशाख, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले यस्तो जानकारी दिएकी हुन ।
१२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने सरकारको तयारी भए पनि महामारीका कारण उक्त जनगणना स्थगित गरिएको हो । महामारी कम भए पछि फेरि सुचारु हुने उनले बताईन ।