चितवन – चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस राख्ने क्रममा खस्दा एक जनाको मृत्यु भएको हो । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
हराइरहेका दुई जनाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी सहित उद्दार टोली खटिएका छन् ।