काठमाण्डौ – नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएका कारण बैठक स्थगित भएको हो । आजको बैठकमा नयाँ सरकार गठनको पहल, महाधिवेशनको सदस्यता नवीकरण लगायतका विविध विषयमा निर्णय गर्ने एजेण्डा रहेका थिए ।