नन्दु यादव ,पश्चिम नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनीमा रहेको सन्तोष कपडा पसल दाजुभाइ गारमेन्ट सोमनीमा गएराति आगलागि भएको छ ।
बिद्युत सर्ट भई आगलागि भएको ईलाका प्रहरी कार्यालय सेमरीका ईन्चार्ज रमेश केशिले जानकारी दिनु भयो ।आगलागिबाट पसलमा रहेको मेसिन ,कपडा दराज लगायतका सामाग्री जलेर पुर्णरुपमा नस्ट भएको बताईएको छ ।आगलागिबाट २१लाख बराबरको क्षति भएको पसलका सन्चालक सन्तोष हरिजनले बताउनु भयो ।