शिब न्यौपाने , फागुन २० काठमाडौँ ।
सरकार र नेत्रविक्रम चन्द(वि*प्लव) नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । लामो समय भु*मि*ग*त राजनीति गर्दै आएको वि*प्लव समूह सरकारसँगको सहमतिपछि खुला राजनीतिमा आउने भएको छ ।
सहमतीमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, वि*प्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्र*ति*बन्ध ह*टा*उ*ने, राजनीतिक ब*न्दी*हरुको रिहाइ गर्ने र मु*द्दा खारेज गर्ने विषयहरु समेटिएका छन्
। सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा वि*प्ल*व समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यसैबीच लामो समयदेखी भू*मि*ग*त रहनुभएका नेत्रविक्रम चन्द विप्लव भोली शुक्रबार सार्वजनिक हुनुहुने भएको छ ।
शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव वि*प्ल*व*ले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।