कावासोती ,नवलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर २३ गते मजदुरी काम गर्ने घरका घरवेटी र संगै काम गर्ने दुई जना अन्य मजदुरले सामुहिक बलात्कार गरेका हुन् । पीडित महिलाले आफुमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छन् । पीडित महिलालाई जिल्लाको कावासोती–३ अठ्ठाइस विगाहमा बलात्कार भएको सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट बारा जिल्ला पचरौता नगरपालिका–९ कुडवाका १९ वर्षीय सन्दिप कुमार यादव र १९ वर्षीय शरद प्रसाद यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आरोप लागेका घरवेटी स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका–९ साखरका घर भई हाल कावासोती बस्ने भगवत भट्टराई फरार रहेका छन् । उनको खोजि कार्य भइरहेको प्रहरीले जानएको छ । भट्टराईको घर निर्माणको दोस्रो तला ढलानको काम सकेपछि सोही काममा मजदुरी गर्ने पीडित महिलामाथि आरोपित हरुले मदिरा सेवनगरी बलात्कार गरेका थिए । घटनाबारे निर्माण ठेक्केदार मार्फत जानकारी पाएको प्रहरी घटना स्थल पुग्दा आरोपित र पीडित घटना स्थलमा नै थिए । प्रहरीले घटना स्थलबाट पीडित महिलाको उद्धार तथा घटनामा संलग्न दुई जनालाई गिरफ्तार गरेको थियो । पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२५ बर्षिय मजदुर महिला माथी कावासोतीमा सामुहिक बलात्कार