अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । जहा तीनै ग्रह १८० डिग्री कोणमा सिधा हुनेछन् । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन । यद्यपि मंगल ग्रह मध्यरातिमा चन्द्रमा जस्तै ठूलो देखिने भन्ने कुरा चाहिँ अफवाह मात्र हो । राति घरबाहिर निस्किएर आकाशमा हेरेमा अलि ठूलो ताराजस्तो देखिने चम्किलो वस्तु नै मंगल ग्रह हुने भएकाले कोही पनि नझुक्किने र यसलाई हेर्न मध्यरातिसम्म कुर्नु नपर्ने विज्ञहरुले बताएका छन् ।
मंगलबार राती मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै