अजय मिश्र/कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ बाट वेवारिसे अवस्थामा मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ ।
सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे. क्वा. बाट खडा गरिएको अस्थायी पोष्ट लक्ष्मीनगरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक भक्तवीर चौधरीको कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल औषधी वेवारिसे अवस्थामा बरामद गरेको थियो ।
(Hemolab ) ३ बोतल, (Biogesic-Ap) १८ पिस, (Sorexin) १५ पिस, (Monocef) १३ पिस, (Aristo Smith) १ बोत्तल, (Cipladine) २ पिस, (Pilex Forte) १ पिस, (Hydrogen) १ बोतल, (Pilex) १ डिब्बा, (Cadila) ४ पिस, (Nutrolin-B syrup) ५ पिस, (Zytee-RB) २ पिस, (Amlokind-AT) ३० पत्ता, (Liversipzyme -DS) २ बोत्तल परिमाणमा रहेको छ ।
मेडिकल औषधी सशस्त्र प्रहरी, पत्रकार, कृष्णनगर स्वास्थ्य चौकीका प्रतिनिधि जमाल अहमद लगायतको उपस्थितमा उक्त औषधी सशस्त्र प्रहरी बल नं. ३९ गुल्म कृष्णनगरको प्राङ्गणमा खाल्डो खनी नष्ट गरिएको हो । नष्ट गरिएको उक्त मेडिकल औषधीको मूल्य नौ हजार पर्ने सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे. क्वा. का सशस्त्र प्रहरी निरिक्षक संगित भट्टले जानकारी दिएका छन् ।