बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना समान्य घाइते भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना समान्य घाइते भएका हुन् ।
जिपमा सवार १० मध्ये पाँच जना समान्य घाइते भएका र उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
जिप सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।