देवचुली, देवचुली नगरपालिकामा आइतबार एकैदिन १९ जनामा कोरोना पुष्टि भएको छ । केहि दिन पहिले पोखरा प्रयोगशालामा गरिएको ८३ जनाको परिक्षणमा १९ जना व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै ४० जना संक्रमितको पुन परिक्षणमा १८ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ भने २२ जना निको भएका छन् । संक्रमित देवचुली नगरपालिका वडा नं ७ का ६८ बर्षिया १ महिला, वडा नं ११ का १७ वर्षिया महिला, ३५ बर्षिया महिला, २८ बर्षिया महिला, २४ बर्षिय पुरुष, ४१ बर्षिय पुरुष, २५ वर्षिय पुरुष गरि ६ जना, वडा नं १३ का २८ बर्षिय महिला, ५९ बर्षिया महिला, ६ बर्षिय बालक, ४० बर्षिया महिला, ६२ बर्षिय पुरुष, २४ बर्षिया महिला, ४७ बर्षिया महिला, १७ बर्षिय पुरुष गरि ८ जना, वडा नं १४ का २६ बर्षिय पुरुष, वडा नं १७ का ८० बर्षिया महिला, ३६ बर्षिय पुरुष गरि २ जना र देवचुली नगरपालिकामा कार्यररत १ जना २५ बर्षिय पुरुष गरि जम्मा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिहरु अधिकांस स्थानीय बासिन्दा रहेका छन् भने केही बाहिरी देशबाट आएका रहेका छन् । संक्रमित व्यक्ति ८ जनालाई थप उपचारका लागि सामुदायिक प्राकृतिक चिकित्सालय रजहर आईसोलेसनमा लैजाने तयारी भईरहेको देवचुली नगरपालिका स्वास्थ्य शाखा सिनियर अ.हे.व अधिकृत शिव पराजुलीले जानकारी दिनुभयो । यस्तै अन्य संक्रमितलाई सुरक्षित अपनाएर होम आईसोलेसनमा राखिने बताउनुभयो । यो सँगै देवचुलीमा कोरोना संक्रमितको संख्या १ सय ९२ पुगेको छ भने मृत्यु हुनेको संख्या २ पुगेको छ ।
देबचुली नगरपालिकामा थप ११ जना मा कोरोना संक्रमण पुष्ठि