असोज १६ , चोरमारा । मध्यविन्दु नगरपालिका भित्र नगर स्तरिय खेलकुद मैदान निर्माणको लागि सम्भाव्य खेल मैदानको आज उपप्रमुख ओमकुमारी महतोले अनुगमन गर्नुभएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा स्थानिय तहमा निर्माण गरिने खेल मैदान स्थलको छनोटको लागि उपप्रमुखको नेतृत्वमा टोली अनुगमनका लागि गएको हो । नगरपालीकाको वडा न १२ , १५ र ८ नम्बरको खेलमैदानको अबलोकन गरिएको नगरउपप्रमुख ओमकुमारी महत्तोले जानकारी दिनुभयो । खेल मैदान निर्माणका लागि २ बिघा जमिन अनिर्बाय आबश्यक रहेको इन्जिनियर माधब प्रसाद देबकोटाले जानकारी दिनुभयो । प्रत्येक स्थानिय तहमा खेलकुद मैदान निर्माणका लागि प्रस्ताब पेश गर्नका लागि असोज ५ गते सुचना प्रकाशित गरिएको थियो । सो सुचना प्रकाशन गरिएको ३५ दिनभित्र प्रस्ताब पेश गर्नुपर्ने भएकाले छिटटै नै उपयुक्त स्थानको छनौट गरि पठाउने तयारी गरिएको उपप्रमुख महत्तोको भनाई छ । अबलोकनका क्रममा नगरउप्रमुख ओमकुमारी महत्तोले खेलकुद आजको आबश्यक्ता भएकाले यसलाइै नगरपालीकाले समेत प्राथामीकतामा राखेकोे बताउनुभएको थियो । अबलोकन गर्नका लागि नगरउपप्रमुख ओम कुमारी महतो , वडा न २ का वडा अध्यक्ष नारायण पौडेल र इन्जिनियर माधब प्रसाद देबकोटा रहनु भएको थियो ।
मध्यबिन्दु नगरपालीका स्तरिय खेल मैदान निर्माणका लागि सम्भाब्य ठाउको अबलोकन