काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा २ हजार २० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३९० पुगेको छ ।