रन्जीत शर्मा/ नवलपरासी/२८ भद्रा ।समुदायमा कोरोना संक्रमण बढिरहेकाे बेला प्रतिज्ञा किशोरी समूह तथा शान्ति किशोरी समूहले पाल्हिनन्दन गाउँपालिका वडा नं.१ महेशपुर चाेकमा तपाईंको मास्क खै ? अभियान अन्तरगत ३ सय मास्क नि: शुल्क बितरण गरिएको हाे ।
प्रतिज्ञा किशोरी समूह तथा शान्ति किशोरी समूहकाे संयुक्त अायाेजना तथा ए.बि.सि नेपाल , स्ट्राेम फाउन्डेसन तथा पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा 'तपाईंको मास्क खै ?' अभियानका साथ नि:शुल्क मास्क बितरण गरिएको हाे।
समुहकि अध्यक्ष गुडिया धवलकाे अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालका वडा नं.२ का वडा अध्यक्ष राम नगिना सिह काे प्रमुख अतिथता तथा वडा नं.१ का वडा अध्यक्ष लल्लन यादव काे बिशिस्ट अतिथतामा मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि सिहले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन तथा निषेधाज्ञा खुकुलो भए संगै मान्छेहरु मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न मास्क बितरण गरिएको बताउनु भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै समुहकि अध्यक्ष गुडिया धवलले काेराेना बाट आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने उदेश्यका साथ सञ्चालन गरेको मास्क बितरण कार्यक्रमबाट गरिब जनता लाई सहयोग पुग्नुका साथै काेराेना काे जोखिमबाट बच्न समेत बताउनु भएको हाे। साे अभियानमा अतिथिहरु अाफन्त नेपालकि ईन्चार्ज पदमा अचार्य,माईति नेपाल का बिएसटि सानू तामाङ , महेशपुर प्रहरी चाैकिका जीवन नेपाली ,एबिसि नेपालका सहजकर्ता राजेश अार्या ,पत्रकार रन्जित शर्मा ,महेश यादव लगायतको सहभागीता रहेको थियो ।