प्रिय धन , नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज बिहानीपख थप ३४ जनामा कोरोना पुष्टि भएको छ । गता भदौ २४ गते कन्ट्रयाक्ट ट्रेसिङ्का आधारमा सङ्कलित ११९ स्वाबमध्ये एकैपटक ३४ जनामा कोरोना देखिएको देवचुली नगरपलिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । । एउटै स्थानीय तहमा यति धेरै संक्रमित एकै पटक देखिएको यो पहिलो हो । देवचुली नगरपालिकाका वडा नम्बर ४,७,८,९,१०,११ र १४ मा गरी आज ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । तीमध्ये ३ जना क्वारेन्टाइन मा रहेका थिए भने ६ जना नगरपालिका कै कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । बाँकी २५ जना भने समुदाय स्तरका हुन् । नवलपुरमा अहिले यस सहित २४९ सक्रिय संक्रमित रहेका छन् ।
नवलपुरको देवचुलीमा एकाबिहानै ३४ जनामा कोरोना संक्रमण पुष्टि