रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको दैनिक कोरोना (कोभिड १९) संक्रमित प्रतिवेदन अनुसार जिल्लामा २० पुरुष र ११ महिला गरि ३१ जना संक्रमित थपिएका हुन् ।
मंगलबार थपिएका ३१ जना संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २१ पुगेको छ ।
आज थपिएका संक्रमितहरुमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका १६ जना रहेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।
संक्रमण पुष्टि भएका मध्ये हालसम्म ७ सय ४७ जना संक्रमण मुक्त भएका छन् भने ६ सय ६० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।