कृष्ण पौडेल, सुनवल । समुदायस्तरमा कोरोना भाईसर (कोभिड-१९) को संक्रमण अचानक धेरै संख्यामा देखिएको अवस्थालाई मध्यनजर गर्दै सुनवल नगरपालिकाको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले आज २४ गते राति १२ बजेबाट अतिआवश्यक स्वास्थ्य सामग्री खरिद बिक्री बाहेक नगरक्षेत्र सिल गर्न भएको छ ।
भदौं ३१ गते राति १२ बजे सम्मका लागि नगरपालिकाको कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा व्यापार व्यवसाय र निर्माण कार्य, तरकारी ढुवानी, घुम्ती सेवा, अटोरिक्सा लगायतका सवारी साधन संचालन, सीमा नाकाबाट साना सवारी साधनमा सरसामान ओसारपसार गर्न पाइने छैन ।
उक्त समयमा अन्य स्थानबाट नगरपालिकामा प्रवेश गर्न समेत पाइने छैन । भने नगरपालिकाबाट अन्य स्थानमा नजान समेत नगरपालिकाले अनुरोध गरेको छ ।
साथै कन्ट्रयाक्ट ट्रेसिङ गरिएका सबै पोजेटिभ केशहरु अध्ययन गर्दा संक्रमितहरु स्थानीय र प्रादेशिक अस्पतालमा नियमित वा आकस्मिक उपचारका लागि जाने आउने गरेको र संक्रमितको सम्पर्कमा रहेका देखिएकोले अस्पताल नजान र जानै परेमा स्वास्थ्य सुरक्षासम्बन्धी सतर्कता अपनाएर मात्र जान नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले अनुरोध गर्नुभएको छ ।
स्व: अनुशासन पूर्णरूपमा पालना गर्न र संक्रमणबाट जोगिन सुनवल नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।