नवलपुर,भाद्र २१ । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या ५ सय ३५ पुगेको छ । आइतबार ३ जनामा संक्रमण पुष्टि भएको छ । चितवनबाट प्राप्त जानकारी अनुसार नवलपुरका कावासोतीमा थप दुई २२ र ३२ बर्षीया महिलामा र बुलिटारका ३८ बर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा शनिबार संकलन गरिएको १३४ स्वाब मध्य ३४ नमुना संक्रमण पुष्टि भएको जनाइएको छ
कावासोतीमा २ सहित नवलपुरमा ३ संक्रमित थपिए,नवलपुरमा अब संक्रमितको संख्या ५३५