जे जे कुरा नहुनु पर्ने हो हुँदोरहेछ।
पानीको माछो पनि बल्छीको हुँदोरहेछ।
राम्रो हुँदारहेछ हरचिज यो मेरो भन्ने,
केही भए नराम्रो तेरो हुँदोरहेछ।
केही समय रहेछ देखावटी यो जीवन,
माटोको घैँटो आखिर माटो हुँदोरहेछ।
बाटो भए नि चौडा घट्दो रहेछ घटना,
आफ्नै नयन कुनैदिन धमिलो हुँदोरहेछ।
दुनियाँ हुँदोरहेछ साथी सुरूसुरूमा,
अन्तिम घडीको साथी आगो हुँदोरहेछ।
प्रदीप रोदन ,गोरखा