कावासोती,नवलपुर । कावासोती नगरपालिका वडा न १४ को कार्यालयले डस्बिन वितरण संगै बृक्षारोपण कार्यक्रम हिजो सम्पन्न गरेको छ । वडाको करिब १,६०,००० एक लाख साठी हजारको बजेटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कावासोती १४ को वडा कार्यालय परिसर अगाडीको खाली जग्गामा विभिन्न प्रजातिका १०५ वटा बिरुवा रोपिएको छ भने फोहोरमैला व्यवस्थापनको लागि ८ वटै टोल बिकाश संस्थालाइ डस्बिन वितरण गरिएको त्रिभुवनटार टोल बिकास संस्थाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिएका छन।
कावासोती १४ का वडा अध्यक्ष तुलसी राम थारुको अध्यक्षता भएको कार्यक्रमको अन्त्यमा बोल्दै वडाअध्यक्ष थारुले कावासोती १४ लाई सुन्दर सफा र हरियाली बनाउदै स्वच्छ र स्वस्थ्य वडा बनाउले लक्ष्यमा आफू रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए।कार्यक्रममा ७० थान डस्बिन वितरण गरिएको थियो भने १०५ वटा कागती, आँप, लिची, अबोकाडो, अशोका, मलेसियन साल र अम्बा लगायतका बिरुवा रोपिएको थियो। जनप्रतिनिधिहरु ,समाजसेबि तथा अन्य सरोकारवाला हरुको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा-सचीव याम प्रसाद भुसालले गरेका थिए।
कावासोती-१४ द्वारा वृक्षारोपण तथा डस्बिन वितरण