फाल्गुण १७, कावासोती । लायन्स क्लब अफ कावासोती सप्तरङ्गी र भरतपुर सप्तरङ्गीको आयोजनामा रक्तदान तथा आखादान कार्यक्रम सम्पन्न गरिएको छ।लायन जोन सेक्रेटरी तथा भरतपुर सप्तरङ्गीका आजिवन सदस्य ओमकार सिग्देलको हजुर आमा चममाय सिग्देलको १३ औ दिनको पुण्य तिथिको अबसर पारेर कार्यक्रम गरिएको हो।
हजुरआमाको स्वर्गबास भएको पुण्य तिथिमा पुण्यकै काम गर्दा कतिपय रगत अभावमा ज्यान गुमाउन सक्ने तथा आखामा ज्योती नभएकालाइ ज्योती प्रदान होस भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जोन सेक्रेटरी ओमकार सिग्देलले बताए।कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजकका रुपमा कावासोती सप्तरङ्गी र आखादान कार्यक्रमको आयोजकको रुपमा भरतपुर सप्तरङ्गी रहेको थियो।
कार्यक्रममा करिब ४० जनाले रक्तदान गर्नुका साथै ३० बढिले आखादान गरेका थिए।कार्यक्रममा प्रमुख अतिथिका रुपमा कावासोती १० का वडाध्यक्ष टेक नारायण महतो रहेका थिए भने विशेष अतिथिका रुपमा जोन अध्यक्ष सरोज खरेल रहेका थिए।रक्तदान कार्यक्रम र आखादान कार्यक्रमको अध्यक्षता क्रमश कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेल र भरतपुर सप्तरङ्गीका अध्यक्ष सीता घिमिरेले गरेका थिए।
हजुरआमाको १३औ दिनको पुण्य तिथिमा लायन्सको रक्तदान र आखादान कार्यक्रम