तिर्थराज काफ्ले, कावासाेती।
लघुवित्त मिलन केन्द्र नवलपुरले बिजयादशमी तथा शुभ दिपावली एवम् छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान तथा संस्थागत विकासमा अहिंसात्मक संञ्चार कला सम्बन्धि एक दिने गाेस्ठी कार्यक्रम सम्पन्न भएकाे गरेको छ। संस्थाका अध्यक्ष युवराज गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अहिंसात्मक संचार नेपाल(NVC) का रास्ट्रीय संयाेजक तथा प्रशिक्षक किरण भुर्तेलकाे प्रमुख अतिथी रहनु भएकाे थियाे । प्रमुख प्रशिक्षक एवम् प्रमुख अतिथि समेत रहनु भएका भुर्तेलले संस्थाको विकासमा संचारको अत्यन्तै महत्त्वपूर्ण भुमिका हुने हुदा आफुले बोल्ने शव्द चयनमा ध्यान दिन पर्ने कुरामा जोड दिदै अहिंसात्मक सञ्चारले संस्था विकासमामा महत्त्वपुर्ण भुमिका खेलेकाे हुदा यस तालिमले कार्यालय व्यवस्थापनमा सहजिकरण हुने समेत बताउनु भएकाे छ । नेपालीहरुको महान पर्व विजय दशमी , शुभ दिपावलि तथा छठ पर्वकाे अवसरमा आयाेजित कार्यक्रममा तालिम सगै शुभकामना आदान प्रदान समेत गरिएको छ। कार्यक्रममा नवलपुर क्षेत्र भित्र रहेका लघुवित्तहरुकाे शाखा प्रमुख एवम् प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे । साहारा पार्टी प्यालेस दलदलेमा संञ्चालन गरिएको कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव बाबुराम श्रेष्ठले गर्नुभएकाे थियाे ।
लघुवित्त कर्मचारी मिलन केन्द्रद्वरा संचार कला गोष्ठी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न