कृष्ण पौडेल नवलपरासी
पछिल्लो समय नेपाली गित फरक-फरक विधाबाट आउने गरेका छन् कतिपय गितहरु रीतिरिवाज परम्परा लाई झल्काउने खालका हुन्छन् त कतिपय वास्तविकता घटनाक्रमलाई जस्ताको तस्तै बजारमा ल्याउने खालका गितहरू नयाँ तथा पुराना कलाकारहरूको सुन्न र हेर्न पाइन्छ। यसै परम्परालाई मध्यनजर गर्दै गीतबाट लोकप्रिय गायक नवीन परियार , लक्ष्मी खड्का र कुलदीप न्यौपानेको स्वरमा रहेको मौलिक गित पन्चेबाजा‘ रानी हजुर’ बोलको गीत मार्फत सार्बजनिक भएको छ । गीतमा लय नबिन परियार र शब्द कुलदीप न्यौपाने रहेको छ भने गितमा एरेन्ज सुनिल परियार को छ भिडियोलाई कमल भक्तले निर्देशन गरेका छन भने भिडियोलाई मुकेश हुमागाईले खिचेका छन । उक्त म्युजिक भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन । भिडियोमा करिश्मा ढकाल ,जोन बम ,अस्मिता रणपाल,मनिश परियार, स्मृति थापा मगर साथै गितका गायक नबिन परियारलाई पनि भिडियोमा देख्न सकिन्छ । भर्खर मात्र बजारमा आएको पन्चेबाजा गित “रानी हजुर” बोलको गीत निकै मिठो रहेको छ ।गीतलाई “नबिन परियार” युट्युब च्यानल मार्फत बजारमा ल्याईएको छ । गीतको भिडियो गायक नबिन परियारले आफ्नो जन्मभुमी गुल्मिको कालिगण्डकी गाउपालिका वडा २ अर्बिनी गुल्मीमा गरिएको छ ।
उक्त्त भिडियो:
https://youtube.com/watch?v=-IenNgH-4r8&feature=share