नवलपुर -देवचुली
जसपाले स्थानीय निर्वाचन समिक्षा भेला सम्पन्न गरेको छ। भेलामा गण्डकी प्रदेश अध्यक्ष मोती रिजाल, केन्द्रीय सदस्य सरोज खनाल,गण्डकी प्रदेश बरिष्ठ उपाअध्यक्ष नारायण भण्डारी,गण्डकी प्रेदेश सदस्य कृष्ण प्रसाद गौतम र देवचुली नगर अध्यक्ष कृष्ण राज गैरे र जिल्ला अध्यक्ष लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो। समिक्षा भेलामा गठबन्धन साझेदारी दलहरुले देवचुलीमा जसपालाई साथमा नलिएको कारण गठबन्धनको बिपरित परिणाम आएको निष्कर्ष निकालिएको थियो। सोही भेलामा बोल्दै गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष नारायण भण्डारीले गठवन्धन दलहरुलाई हरायर उनिहरुको अहंकार र दम्भलाई चुर चुर बनाएको बताउनु भयो। सो समिक्षा भेलामा जसपाले चुनावको समयमा नगरमा भएको खर्च विवरण पनी पेश गरेको थियो। जसमा १३७००० ( एक लाख सैतिस हजार) मात्र खर्च भएको आर्थिक बिभाग प्रमुखले जानकारी गराउनु भएको थियो।
गठबन्धनको दम्भ र अहंकारलाई चुर चुर बनायो - जसपा गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष नारायण भण्डारी -गण्डकी आज