कावासोति ,नवलपुर।कावासोतीमा जारी खुल्ला नकाआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा चितवनको पार्वतीपुर युवा क्लबलाइ १-० गोलले हराउदै नमुना युवा क्लब बिजयी भएको छ।कावासोती ३ को शितल चौरमा जारी प्रतियोगिताको आजको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा चितवनको टिमलाइ हराउदै नमुनाले सुखद सुरुवात गरेको हो।खेलमा बिजयी टिमका खेलाडी सर्जित गुरुङले एकमात्रै निर्णायक गोल गरेका थिए।
आजको खेलमा नमुना युवा क्लबका जर्सी न १४ का रोशन राना म्यान अफ द म्याच घोषणा भएका छन।उनले खेल अबधिवर उत्कृष्ट खेल कला प्रस्तुत गरेका थिए। प्रतियोगितामा हरेक दिन हुने खेलमा म्यान अफ द म्याचलाइ ट्रफी तथा फाइनल खेलको ट्रफी जापानिज भासा र जापान जानको लागि उत्कृष्ट गन्तव्यको रुपमा परिचित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ ।प्रतियोगिता अन्तर्गत भोलि हुने खेल केउरेनी फुटबल क्लब र भगवती फुटबल क्लबका बिचमा ठिक १२ बजे हुने प्रतियोगिता आयोजक क्लब भानु युथ एकेडेमीका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिएका छन।
भानु खुल्ला फुटबल प्रतियोगिता :नमुनाले हरायो पार्बतिपुरलाइ, भोलि केउरिनी र भगवतीको प्रतिस्पर्धा