कावासोति,नवलपुर।कावासोती-३ मा रहेको क्लब भानु युथ एकेडेमीले आयोजना गरेको खुल्ला नकाआउट फुटबल प्रतियोगिता भोलि १२ बजे देखि सुरु हुदैछ।भोलि १२ बजे कावासोती ३ मा रहेको सितल चौर खेलमैदानमा सुरु हुन गैरहेको खेलको औपचारिक उद्द्घाटन कार्यक्रम १२ बजे हुनेछ भने त्यसलगत्तै पहिलो खेल समेत हुने आयोजक क्लबका अध्यक्ष शुक बहादुर गुरुङले जानकारी दिएका छन।भोलि हुने उद्द्घाटन खेल बाल स्टार हसौरा र अभियान क्लब मध्यबिन्दु बिचमा हुनेछ।प्रतियोगिता नकाआउट सिस्टममा अगाडि जानेछ ।प्रतियोगितामा आयोजक २ टिम सहित जम्मा १६ टिम सहभागी रहेको समेत आयोजकले जनाएका छन।
भानु युथ एकेडेमीको फुटबल प्रतितोगिता भोलि १२ बजेदेखि सुरु हुँदै,आयोजक सहित १६ टिम सहभागी