कावासोती: नवलपुरको कावासोती ६ स्थायी घर भइ हाल काठमाडौमा बस्दै आएका युवा व्यवसायी ,युवा नेता याम श्रेष्ठको दम्पती पछिल्लो समयमा समाजसेवामा अग्रपंक्तिमा देखिएका छन।दिनदुखी हरुको सेवामा आफ्नो जीवन सुम्पिने चाहाना रहेको बताउने उनी हाली विभिन्न सामाजिक संघ संस्था तथा राजनैतिक दलको जिम्मेवारी सहित समाज सेवामा होमिएका छन।
कोभिड महामारीको समयमा काठमाडौका विभिन्न स्थानहरुमा दिनहु कोभिड प्रभावित हरुलाइ खाना खुवाएर सेवा गरेका उनले अहिले नवलपुरमा समेत विभिन्न संघ संस्था संग समन्वय गरेर सामाजिक गतिविधि अगाडी बढाइरहेका छन।केही दिन अगि लायन्स क्लव र मोनिका मेमोरियल ट्रस्टको सहयोगमा मौलाकाली अपांग संस्थामा खाद्यान्न वितरण गर्न पुगेका उनी हिजो दुई जना आर्थिक अवस्था कमजोर रहेका दुइ बालिकाहरुको अभिभावक बनेर उभिए।उनि सहित उनको धर्मपत्नी र छोरी ज्योत्स्ना श्रेष्ठले मिलेर दुई बालिकाको खाद्यान्न सहित एस इ इ (see) सम्मको कापी कलम लगाएतको खर्च परिवारले व्यवस्थापन गर्ने जानकारी श्रेष्ठले दिएका छन।सामाजिक कार्यमा अत्यन्तै खटिरहेका श्रेष्ठ नेपाली काङ्ग्रेसका युवा नेता तथा क्षेत्रीय प्रतिनिधि समेत रहेका छन
समाजसेवामा अग्रसर हुँदै श्रेष्ठ दम्पती :दुई बालिकाको अभिभावकत्व ग्रहण