गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर १ हर्मिचौरको वडा कार्यालय तोडफोड र चोरी
कृष्ण पौडेल, गुल्मी
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौर को वडा कार्यालयमा गएराती अज्ञात समुहले तोडफोड गरेको छ वडा अध्यक्ष ठानीस्वर पाण्डेले वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताए ।
यस्तै रबिन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी नगद २२हजार र मोवाइल चोरी भएको छ । रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार नगद चोरी भएको छ भने बिष्णु पाण्डेको पसल पनि तोडफोड भएको छ , स्थानीय डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष ठानीस्वर पाण्डेले बताउनुभयो । यता सोही स्थानमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको छ
अनुसन्धानको लागि घटनास्थलमा पुर्तिघाटको प्रहरी टोली आइसकेको र जिल्ला प्रहरी कार्यलय गुल्मीको टोली आउँदै गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले गण्डकी आजलाई जानकारी दिनुभयो।