बिमल अधिकारी,कावासोती असार २३।
महिला हिंसा विरुद्ध शान्ति पुर्ण प्ले कार्ड पर्दर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
देस भर दिनानुदिन बढ्दै गएको महिला हत्या,घरेलुु हिंसा,एसिडआक्रमण, बलात्कार जस्ता महिला हिंसा बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानिय तह,प्रशासन,सरोकारवालाहरुको ध्यानाकर्षण होस भन्ने हेतुले हाम्रो संसार नवलपुरको आयोजनामा बुधबार बिहान ८:३०बजे १६ नम्बर चोक गैडाकोट नवलपुरमा सम्पन्न भएको कार्यक्रममा महिला हिंसा विरुद्धका विभिन्न संदेशमुलक प्ले कार्ड लिएर शान्तिपुर्ण प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा महिला हिंसा विरुद्ध महिला पुरुष संग संगै , छोरी कुनै खेलौना होइन तपाईं हाम्रो इज्जत हो, नराम्रो हाम्रो लुगा कि तिम्रो सोच लेखिएका प्ले कार्ड लिएर महिला अधिकार कर्मी,शिक्षक,समाजसेवी,राजनिती ब्यक्तित्वका साथै हाम्रो संसारका बिमल अधिकारी,ओमकार घिमिरे ,किस्मत पौडेल,राजु अर्याल क्षेत्री,जुना पौडेल ,शोभा न्यौपाने,सुलोचना शर्मा ,दिपेश आचार्य,करिश्मा क्षेत्री,कलावती तिवारी,गंगा क्षेत्री,रमा गैरे,प्रदिप रेग्मी,सुस्मा शर्मा,समीक्षा शर्मा लगायत २० जना युवा अभियान्ताहरुको सहभागिता रहेको थियो ।।