जेठ २२ ,कावासोती ।कावासोती नगरपालिका वडा न ६ मा आज वडा स्तरीय स्वास्थ चौकीको शिलान्यास गरिएको छ।कावासोती नगरपालिकाको सबै वडामा स्वास्थ चौकी निर्माण गर्ने भौतिक निर्माणको वार्षिक कार्यक्रम अन्तर्गत आज कावासोती ६ म स्वास्थ चौकी शिलान्यास गरिएको हो।
पिएस निर्माण सेवा दलदलेले निर्माण जिम्मा लिएर सुरु गरिएको निर्माण कार्यको लागत करिब ३५ लाख रहने निर्माण सेवा संचालक पुमकान्त बसेलले बताए। वडामा विभिन्न सेवा सुबिधा संगै स्वास्थ चौकी निर्माण हुदा वडा बासिलाइ सामान्य स्वास्थ समस्यामा पनि कावासोति र चितवन जानू पर्ने बाध्यता हटेकोमा खुसी लागेको वडाध्यक्ष हेम प्रसाद पाण्डेले बताए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिकाका उप-प्रमुख प्रेम शंकर मर्दानियाले कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाका हरेक वडामा स्वास्थ चौकी निर्माण गर्ने योजना अनरुप आज कावासोती ६मा शिलान्यास गरिएको भन्दै छिटै नगरपालिका भरिका वडामा स्वास्थ चौकी निर्माण गरि संचालन गरिने बताए।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश जिसि ,वडा सदस्यहरु र स्थानिय वुद्दिजिविहरुको समेत उपस्थिति रहेको थियो।शिलान्यास लगत्तै आजबाट काम सुरु गरिएको निर्माण कम्पनीले बताएको छ।
कावासोती-६ मा स्वास्थ चौकी शिलान्यास ,पिएस निर्माण सेवाले आजबाटै सुरु गर्यो काम