काठमाडौ ,भाद्र १४। पछिल्लो २४ घण्टामा नेपालमा थप १,२२१ कोरोना संक्रमित थपिएका छन । यो सङ्गै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३८,५६१ पुगेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको जानकारी दिएका छन। यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ। आइतवार काठमाडौ जिल्लामा मात्रै ३७२ सङ्क्रमित फेला परेका छन।
एकैदिन थपिए १२२१ कोरोना संक्रमित,जम्मा संक्रमितको संख्या ३८५६१ पुग्यो