कृष्ण अग्रहरी, कपिलवस्तु
चैत्र मास शुक्ल पक्ष को नवमी तिथि राम नवमी को पर्व मनाइन्छ। पंचांग को अनुसार यस वर्ष राम नवमी २१ अप्रैल २०२१, बि.स २०७८ वैशाख ८ गते अर्थात आज मनाउँदै छन् ।
यो तिथि को दिन हिंदू धर्ममा विशेष महत्व मानिन्छ, किन कि पौराणिक मान्यता अनुसार चैत्र मास शुक्ल पक्ष को नवमी तिथि को भगवान राम जी को जन्म भएको थियो। यसै कारण यस तिथिलाई राम नवमी भनिन्छ र भगवान रामको जन्मोत्सव मनाइन्छ।
भक्तहरुले आजको दिन भक्ति भावले मर्यादा पुरुषोत्तम श्री राम जी को पूजन अर्चन गर्छन्। राम नवमी को दिन श्री विष्णु जी को अवतार प्रभु श्री राम जी को पूजा, आराधना गरे पश्चात आशीर्वाद प्राप्त हुन्छ।
भक्त जनहरुको जीवनको सम्पूर्ण दुःख कष्टहरु विनाश हुन्छ र सुख, शान्ति, सम्पत्ति,समृद्धि, सुस्वास्थ्य तथा दीर्घायु प्राप्त हुन्छ। यस नवमीको दिन नवरात्रि को समापन पनि हुन्छ। यस दिन लाई महानवमी पनि भनिन्छ।
यो दिन पूजा अर्चना गर्यो भने मर्यादा पुरुषोत्तम श्रीरामचन्द्र जी को साथ साथै आदिशक्ति जगत जननी जगदम्बा माता रानी को कृपा पनि प्राप्त हुन्छ।