८ बैशाख, बाँके । भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उनले आफूलाई सङ्क्रमण पुष्टि भएको ट्वीटर मार्फत जानकारी दिएका छन ।
उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, “सामान्य लक्षण जोरो, रुघाखोकी देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”