७ बैशाख,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९० हजार २०० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।