नवलपुर ,भाद्र १३। नवलपुरमा पहिलोपटक एकजना कोरोना संक्रमितको निधन भएको छ । विनयी त्रिवेणी गाउँपालिका-६ ,निवासी ६२ बर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन । घिमिरेले मृतकका शव व्यवस्थापना परिवारको सदस्यसँग सल्लाहा गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आइतबार गरिने तयारी भईरहेको बताए । एक साता अघि उच्च ज्वरो आउने र स्वासप्रस्वास समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । उनको आइसियुमा राखेर उपचार भएको थियो । उनको शनिबार निधन भएको हो।पोखरा ल्याबमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
पुर्वी नवलपरासीमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।पश्चिम नवलपरासीमा भने यसअघिनै एकजना संक्रमितको मृत्यु भएको थियो।