काठमाण्डौ -वायु प्रदूषणको विश्व व्यापी सूचकांकमा नेपालमा उल्लेख्य सुधार भएको छ ।
आज बिहान मात्रै नेपाल विश्व व्यापी सुचकांकमा पहिलो नम्बरमा रहे पनि सुधार हुँदै अहिले पाँचौं नम्बरमा पुगेको छ । आइक्यू एअर डटकमका अनुसार नेपालको अहिलेको एक्युआई आज १ सय ५८ रहेको छ । यद्यपि यो सूचक संवेदनशील समूह लाई अस्वस्थकर मानिन्छ । एक्युआई १ सय ५० सम्म पुग्दा संवेदनशील समूह लाई अस्वस्थकर हुन्छ ।
यस्तै २ सय सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ भने एक्युआई ३ सय पुग्नुलाई जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि हुनुलाई झनै घातक मानिन्छ । यसअघिका दिनहरुमा नेपालको प्रदूषणको मात्रा ३ सय एक्यूआइको हाराहारीमा रहँदै आएको थियो ।