काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा १६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
तीन हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमित निको भएका छन् ।
उक्त संख्या सँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा कोभिड १९ बाट हुने मृत्युको पुष्टि भएको छैन् ।
हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको छ ।