महोत्तरी – महोत्तरीमा एक महिना अगाडि सुतेको खाट सहित बेपत्ता भएका झा दम्पतीको शव भेटिएको छ ।
पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा फेला परेको हो ।
फेला परेको शव हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । शव पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पतीको हत्या वा अपहरण भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।