भदौ ११ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा १६ का कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ५२ वर्षिय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ । उच्च रक्तचाप, मधुमेहबाट समेत ग्रसित उनी श्वासप्रस्वासमा समस्या भई अस्पताल भर्ना भएका उनको आज अपरान्ह १२ ः १५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका छन् । यो सहित कोरोना संक्रमणका कारण पोखरामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । यसअघि पोखरा महानगरपालिका–१६ का ८७ वर्षका वृद्ध र पोखरा–१९ का ६२ वर्षका पुरुष र पोखरा १२ की ३२ वर्षिय महिलाको मृत्यु भएको थियो । भने गण्डकी प्रदेशभर कोरोना संक्रमणका कास्कीका ४, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १र१ जनाको मृत्यु भएको छ ।
पोखरामा फेरी एक कोरोना संक्रमितको ज्यान गयो