९ चैत, बाँके । बाँके प्रहरीले शुक्रबार दिउँसो कोहलपुर नगरपालिका ११ चौराह नजिकै पश्चिम बसपार्क तर्फको बाटोबाट गैडाको खाक सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त अबैध कार्य भइ रहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडि रहेका पुर्व नवलपरासी जिल्लाको बुलिङटार गाँउपालिका वडा नं.दुईका बर्षिय ३५ को कृष्ण पुलामी मगर र सिन्धुली जिल्लाको ग्याङलेख गाँउपालिका वडा नं.पाँचका ३४ बर्षिय सुरेश सिंजाली चेकजाँच गर्ने क्रममा उक्त बरामद गरेको हो ।
पक्राउ परेका मगरको साथबाट त्रिभुज आकारको दुई थान गैडाको खाक बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुशासन गरि रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।