अर्जुन खत्री ,बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न १९ रानीबारीमा एकजना युवकले रुखमा झुन्डीएर आत्महत्या गरेका छन । रानिबारीका ३२ वर्षका कृष्ण प्रसाद थारु हिजो राति ११ बजे माधकपदार्थ सेवन गरि श्रीमतीसँग झगडा गरेको र दैनिकजसो माधकपदार्थ सेवन गरि घरझगडा गर्ने गरेको परिवार स्रोतको भनाइ उद्धित गर्दै बुटवल इलाका प्रहरीले जनाएको छ ।
हिजो ११ बजे पछि राति घरबाट निस्किएका थारु स्थानीयले बिहान झुन्डिएको अवस्थामा देख्नसाथ प्रहरीलाइ खबर गरेका थिए। थारुका एक श्रीमती र १।१ जना छोरा छोरी छन ।
मृतका थारुको लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पोस्टमार्टमका लागि लगिएको प्रहरी जनाएको छ