काठमाण्डौ – प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकमा पूर्व राष्ट्रिय सभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।
सर्वोच्च अदालतको फैसला सँगै प्रतिनिधिसभा पुनःस्थापना पछि अहिले सम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धि विहीन बनिरहेको छ ।