खगेन्द्र पराजुली, १२ भदौ, नवलपुर । नवलपुरका आज शुक्रवार थप ८ जनामा कोभिड १९ भाईरसको संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमण हुनेहरुको कुल संख्या ४ सय ३६ पुगेको छ । पोखरास्थित क्षेत्रिय क्षयरोग उपचार केन्द्रको कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परिक्षणमा आज बिनयी त्रिबेणीका ६ जना र देबचुलीका २ जनामा संक्रमण पुष्टि भएको हो । कन्ट्याक ट्रेसिङका आधारमा संकलन गरिएको स्वाव नमूना परीक्षणका क्रममा बिनयी त्रिबेणी वडा नं. १ का ४ पुरुष र २ महिलामा संक्रमण देखिएको हो । वडा नं.१ का १७, ४०, ६७ र ६१ बर्षका महिला तथा ६२ र २० बर्षका पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै देबचुली १५ का १ जना महिला र १६ का एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । देबचुलीका १५ की ५० बर्षीया महिला र १६ का ३० बर्षका युवकमा संक्रमण देखिएको छ । यसअघि हिजो बिहीवार राती गैंडाकोट स्थायी घर भई पुरानो मेडिकल कलेजमा कार्यरत २९ बर्षका एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो । हिजो एकैदिन १७ जनामा संक्रमण पुष्टि भएको हो
नवलपुरमा थप आठमा कोरोना संक्रमण ,संक्रमितको संख्या ४३६ पुग्यो