१ चैत्र, बाँके । उत्कृष्ट कार्य तथा आफ्नो ड्युटीमा उल्लेखनीय भूमिका निर्वाह गरेकोमा बाँकेमा कार्यरत प्रहरी जवान सुनिता कुँवरलाई कदर स्वरुप तिनपुस्तेमा जनिने गरी नगद रु. सहित “पुलिस अफ द म्यान” घोषणा गरिएको छ ।
उनले विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, ईमान्दार र कर्तव्यनिष्ठ भई उच्च मनोवलका साथ वडा प्रहरी कार्यालय नेपालगंज, बाँके दरबन्दी भई हाल भन्सार सुरक्षा गार्ड बाँकेमा कार्यरत प्रहरी जवान सुनिता कुँवरलाई सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी जवान कुवर डिउटीमा खटिएको अवस्थामा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा नेपाल भित्रिदै गरेको भारतीय रू.१०,००,०००।– (दश लाख) सहित १ जना पुरुषलाई नियन्त्रणमा लिएकी थिइन । 
प्रहरी जवान कुवरले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेकोमा उत्कृष्ट कार्यको कदर स्वरुप तिनपुस्तेमा जनिने गरी नगद रु एक हजार पुरस्कार सहित २०७७ फाल्गुण महिनाको उत्कृष्ट प्रहरी “POLICE OF THE MONTH” घोषणा गरी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले कदर-पत्र प्रदान गरेका छन ।